यो नीति अन्तिम पटक जुन २०२२ मा अद्यावधिक गरिएको थियो।
noorahealth.org मा भएका वा नूरा हेल्थले आफ्नो स्वामित्वमा लिएका, सञ्चालन गरेका, इजाजत प्राप्त गरेका वा नियन्त्रणमा राखेका कुनै पनि वेबसाइटहरू (समग्रमा “वेबसाइट”) का प्रयोगकर्ताहरूको गोपनीयता संरक्षण गर्न नूरा हेल्थ (“NH”) प्रतिबद्ध छ। यो गोपनीयता नीतिले हामी हाम्रो वेबसाइटमा आगन्तुकहरू (“आगन्तुकहरू”) बारे जानकारी कसरी सङ्कलन र प्रयोग गर्छौं भनेर वर्णन गर्दछ। यो गोपनीयता नीति केवल वेबसाइटमार्फत सङ्कलन गरिएको जानकारीमा लागू हुन्छ। यो गोपनीयता नीतिले तपाईंले हामीलाई अन्य सन्दर्भहरूमा प्रदान गर्नुभएको व्यक्तिगत जानकारीलाई सम्बोधन गर्दैन (जस्तै, वेबसाइट मार्फत ह्यान्डल नगरिएका शिक्षा सेवाहरू वा व्यावसायिक सम्बन्धहरू)।
यो वेबसाइट प्रयोग गरे संगै तपाइले यो गोपनीयता नीति स्वीकार गरेको जनाउछ। यदि तपाईं यो गोपनीयता नीतिका सर्तहरूसँग सहमत हुनुहुन्न भने, कृपया वेबसाइट प्रयोग नगर्नुहोस्। यस गोपनीयता नीतिका सर्तहरूमा परिवर्तनहरू पोस्ट गरिसकेपछि पनि तपाईंले वेबसाइटको निरन्तर प्रयोग गर्नुको अर्थ तपाईंले यी परिवर्तनहरू स्वीकार गर्नुहुन्छ भन्ने हो।
तपाईंले हामीलाई आफ्नो बारेमा कुनै पनि जानकारी नदिई हाम्रो वेबसाइट प्रयोग गर्न सक्नुहुन्छ। यदि तपाईंले हामीलाई सम्पर्क गर्नुहुन्छ वा दान गर्नुहुन्छ र फारमहरू, इमेलहरू, वा अन्य सन्देशहरू मार्फत व्यक्तिगत रूपमा पहिचान गर्न सकिने जानकारीहरू, जस्तै तपाईंको नाम, ठेगाना, टेलिफोन नम्बर वा इमेल ठेगाना (“व्यक्तिगत जानकारी”) प्रदान गर्नुहुन्छ भने, हामी तपाईंको व्यक्तिगत जानकारीलाई “हामी तपाईंको व्यक्तिगत जानकारी कसरी प्रयोग गर्छौं” खण्डमा वर्णन गरिए अनुसार प्रयोग गर्न सक्नेछौ।
समय समयमा हाम्रो वेबसाइटलाई तेस्रो पक्षका कम्पनीहरू जस्तै गुगल एनालिटिक्स, को प्रयोग गरि डोमेन, उपयोग र अन्य एनालिटिक्स सङ्कलन गर्न सकिनेछ।यो डाटाले हामीलाई कुन प्रयोगकर्ताहरूले हाम्रो वेबसाइट प्रयोग गर्छन्, तिनीहरू कति पटक प्रयोग गर्छन् र साइटको कुन-कुन भागहरूमा प्रायः भ्रमण गर्छन् भन्ने कुरासँग अझ परिचित हुन सक्षम बनाउँछ। नूरा हेल्थले यो जानकारी आफ्नो वेबसाइट सुधार गर्न प्रयोग गर्छ। सङ्कलन गरिएको जानकारीमा तपाईंको इन्टरनेट प्रोटोकलको ठेगाना, अपरेटिङ सिस्टम, ब्राउजरका प्रकार, इन्टरनेट सेवा प्रदायक बारे, समग्र प्रयोगकर्ता डाटाका बारे, सफ्टवेयर र हार्डवेयरका विशेषताहरू बारे, तपाईंले अनुरोध गरेको पृष्ठहरू र कुकीका जानकारी आदि समावेश हुन सक्छन्।
तपाइको बारे अन्य स्रोतहरूबाट प्राप्त भएका जानकारी जस्तै सार्वजनिक रूपमा उपलब्ध डाटाबेसहरू वा तेस्रो पक्षहरूबाट भेटेका जानकारीहरु संग - हामी संग पहिला देखि भएका तपाईका जानकारी संयोजन गर्न सक्छौं । यसले हामीलाई हाम्रा रेकर्डहरू अद्यावधिक गर्न, विस्तार गर्न र विश्लेषण गर्न, हाम्रो कामको बारेमा थप जान्न चाहने व्यक्तिहरू पहिचान गर्न र तपाईंलाई रुचिकर लाग्ने जानकारी प्रदान गर्न मद्दत गर्दछ।
वेब सर्भर लगहरू र IP ठेगानाहरू – माथि वर्णन गरिए अनुसार, NH ले वेबसाइट विश्लेषण र कार्यसम्पादन समीक्षा गर्न र वेबसाइट व्यवस्थापन गर्न इन्टरनेट प्रोटोकल (“IP”) ठेगानाहरू प्रयोग गर्न सक्छ। IP ठेगाना भनेको एउटा नम्बर हो जसले तपाईंले इन्टरनेट प्रयोग गर्न कुन कम्प्युटर वा उपकरण प्रयोग गर्नु भएको हो भन्ने कुरा स्वचालित रूपमा पहिचान गर्छ। यो IP ठेगानाले हाम्रो सर्भरलाई तपाईंले भ्रमण गर्न चाहनुभएको वेब पृष्ठहरू पठाउन सक्षम बनाउँछ, र यसले तपाइको इन्टरनेट सेवा प्रदायकको स्वामित्वमा रहेको सर्भरको बारे खुलासा गर्न सक्छ।
कुकीहरू र वेब बिकनहरू – समय-समयमा, यो वेबसाइटका केही पृष्ठहरूले “कुकीहरू” प्रयोग गर्न सक्छन्, जुन पहिचान उद्देश्यका लागि तपाईंको हार्ड ड्राइभमा राखिने साना फाइलहरू हुन्। साइट दर्ता गर्न र अर्को पटक तपाईं हाम्रो साइटमा आउदा तपाइको अनुकुल बनाउन यी फाइलहरूप्रयोग गरिन्छ। तपाईंले ध्यान दिनुपर्छ कि कुकीहरूले तपाईंको हार्ड ड्राइभबाट डाटा पढ्न सक्दैनन्। तपाईंको वेब ब्राउजरले तपाईंलाई कुकी स्वीकार गर्ने वा नगर्ने भन्ने सूचित गरि विकल्प दिन्छ। तपाईंले आफ्नो ब्राउजरमा कुकीहरू बन्द गरेर सबै कुकीहरू अस्वीकार गर्न सक्नुहुन्छ। कुकीहरू स्वीकार नगर्दा, केही पृष्ठहरू पूर्ण रूपमा कार्य नगर्न सक्छन् र तपाईंले यो वेबसाइटमा केही जानकारी पहुँच गर्न नसक्नुहुन सक्छ। कुकीहरू मार्फत हामीले सङ्कलन गर्ने जानकारीमा तपाइले प्रयोग गरेको (i) कम्प्युटरमा रहेको अपरेटिङ सिस्टमको नाम र संस्करण, (ii) ब्राउजरको नाम र संस्करण, (iii) हाल पढिरहेको साइटको पृष्ठ, साथै क्लिकहरू र कुनै विशेष पृष्ठमा बिताएको समय, (iv) यदि तपाइलाई वेबको अर्को पृष्ठबाट यो पृष्ठमा पठाइएको हो भने, सन्दर्भित वेब पृष्ठको युनिभर्सल रिसोर्स लोकेटर (“URL”), र (v) तपाइको कम्प्युटर वा उपकरणको भौगोलिक स्थान समावेश हुन्छ। वेबसाइटका केही पृष्ठहरूले वेबसाइट प्रयोगको समग्र तथ्याङ्कहरू सङ्कलन गर्न कुकीहरूसँगै वेब बिकनहरू पनि प्रयोग गर्न सक्छन्।वेब बिकन भनेको इलेक्ट्रनिक छवि हो (जसलाई “एक्शन ट्याग,” “एकल-पिक्सेल,” वा “क्लियर GIF” पनि भनिन्छ) जुन वेब ट्राफिक प्रवाहलाई अधिकतम बनाउन र वेबसाइटको प्रभावकारिता विश्लेषण गर्न र एक वेब पृष्ठबाट अर्कोमा प्रयोगकर्ताहरूको ट्राफिक ढाँचाहरू ट्र्याक गर्न सामान्य रूपमा प्रयोग गरिन्छ।यदि तपाईंले सम्बन्धित कुकीहरूको छनौट अस्वीकार गर्नुभयो भने केही वेब बिकनहरू प्रयोग गर्न नसकिने हुनसक्छ। वेबसाइट प्रयोग गरे संगै तपाईंले कुकीहरू,अन्य स्थानीय भण्डारण प्रविधिहरू, बिकनहरू, वा अन्य जानकारीहरू तपाईंको कम्प्युटर वा उपकरणहरूमा भण्डारण गर्न सहमति जनाएको हुन्छ। यस्ता कुकीहरू, स्थानीय भण्डारण प्रविधिहरू, बिकनहरू, र जानकारीहरूमा हाम्रो पहुँचलाई पनि तपाईंले सहमति दिनुहुन्छ।
यदि वेबसाइटमा फारम भरेर वा हामीलाई इमेल गरेर तपाईंले व्यक्तिगत जानकारी प्रदान गर्नुभयो भने, तपाईंले हामीलाई पेश गर्नुभएको उद्देश्यका लागि, जस्तै तपाईंको सोधपुछको जवाफ दिन वा तपाईंले अनुरोध गर्नुभएको जानकारी प्रदान गर्न हामी त्यो व्यक्तिगत जानकारी प्रयोग गर्छौ साथै अन्य संस्थाहरू, कम्पनीहरू र/वा व्यक्तिहरू (जस्तै, हाम्रा साझेदारहरू, सल्लाहकारहरू, र सेवा प्रदायकहरू) सँग पनि साझेदारी गर्न सक्छौ। हामी यो जानकारी हाम्रा सेवाहरू र गतिविधिहरूलाई प्रवर्द्धन गर्न र समर्थन प्राप्त गर्न पनि प्रयोग गर्न सक्छौं। हामी तपाईंको जानकारी हाम्रा साझेदारहरू, परामर्शदाताहरू, र सेवा प्रदायकहरूसँग पनि साझेदारी गर्न सक्छौं जसले हामीलाई हाम्रा सेवाहरू प्रदान गर्न र समर्थन प्राप्त गर्न सहयोग गर्छन्। यस्ता सूचनाको प्रयोगहरु (i) तपाईंको प्रश्न वा अनुरोधको जवाफ दिन, (ii) मेल, टेलिफोन, इमेल, वा अन्य इलेक्ट्रनिक सञ्चारहरू मार्फत हाम्रो सङ्गठनको बारेमा तपाईंसँग सञ्चार गर्न (iii) यो गोपनीयता नीतिमा परिवर्तनहरूको सूचना दिन, जस्ता कुरामा हुन सक्छ।
यदि तपाईं हामीबाट अनावश्यक इमेलहरू वा अन्य सञ्चारहरू प्राप्त गर्न चाहनुहुन्न भने, तपाईंले हामीलाई इमेल मार्फत info@noorahealth.org मा, वा यस ठेगाना Noora Health, 2443 Fillmore Street, #380-3203, San Francisco, California, 94115, USA मा सम्पर्क गरेर हामीलाई सञ्चारहरू पठाउन बन्द गर्न अनुरोध गर्न सक्नुहुन्छ।
हामी तपाईंको व्यक्तिगत जानकारीलाई कानूनले अनुमति दिएको अवस्थामा मात्र प्रयोग गर्नेछौं। सामान्यतया, हामी तपाईंको व्यक्तिगत जानकारी निम्न परिस्थितिहरूमा प्रयोग गर्नेछौं:
यदि तपाईंले नूरा हेल्थ वा यसका सम्बद्ध संस्थाहरूसँग रोजगारी वा स्वयंसेवक पद खोज्न वेबसाइट प्रयोग गर्नुभएको छ भने, तपाईंले (वेबसाइट मार्फत वा अन्यथा) व्यक्तिगत रूपमा पहिचान गर्न सकिने जानकारी पेश गर्नुभएको हुन सक्छ। यसमा तपाईंको नाम, ठेगाना, टेलिफोन नम्बर, इमेल ठेगाना, र अनलाइन वा अफलाइन फारमहरूमा अनुरोध गरिएको कुनै अन्य व्यक्तिगत रूपमा पहिचान गर्न सकिने जानकारी, साथै तपाईंको रिजुमे/CV को इलेक्ट्रनिक वा कागजी प्रतिलिपि समावेश हुन सक्छ। यस्ता फारमहरूमा भण्डारण गरिएको वा पेश गरिएको कुनै पनि जानकारी नूरा हेल्थ वा यसका सम्बद्ध संस्थाहरूमा कर्मचारी वा स्वयंसेवकको रूपमा तपाईंको योग्यता मूल्याङ्कन गर्न वा हाम्रा कानूनी दायित्वहरू पूरा गर्नबाहेक अन्य कुनै उद्देश्यका लागि प्रयोग गरिने छैन।
ध्यान दिनुहोस् कि हामी तपाईंको व्यक्तिगत जानकारीलाई हामीले प्रयोग गरिरहेको विशेष उद्देश्यको आधारमा एकभन्दा बढी कानूनी आधारहरूमा प्रशोधन गर्न सक्छौं। यदि तपाईं संयुक्त राज्य अमेरिका भन्दा बाहिर बस्नुहुन्छ भने, कृपया ध्यान दिनुहोस् कि तपाईंले वेबसाइट मार्फत प्रदान गर्नुभएको व्यक्तिगत जानकारी नूरा हेल्थले संयुक्त राज्य अमेरिका र युरोपेली संघ भन्दा बाहिर रहेका देशहरूलाई, आफ्नो फाइदा र आफ्ना संलग्न तेस्रो पक्षहरूलाई कार्य सञ्चालनमा सहयोग गर्न वा तपाइलाई सेवा दिन, तपाइको जानकारी स्थानान्तरण गर्न सकिन्छ। वेबसाइट प्रयोग गरेर, तपाईंले व्यक्तिगत जानकारीलाई संयुक्त राज्य अमेरिका र युरोपेली संघबाहिरका अन्य देशहरूमा स्थानान्तरण गर्न स्पष्ट रूपमा सहमति दिनुहुन्छ।
तपाईंले हामीलाई स्पष्ट रूपमा अनुमति नदिएसम्म, नूरा हेल्थले यो गोपनीयता नीतिमा उल्लेख गरिएबाहेक तपाईंको व्यक्तिगत जानकारी बेच्ने वा भाडामा दिने छैन।
हाम्रो सञ्चालनमा सहयोग गर्ने तेस्रो पक्षहरूलाई खुलासा – नूरा हेल्थले गोपनीयता सम्झौताहरू अन्तर्गत तपाईंको व्यक्तिगत जानकारीलाई नूरा हेल्थसँग वा नूरा हेल्थको तर्फबाट काम गर्ने अन्य सङ्गठनहरूसँग साझेदारी गर्न सक्छ। यी सङ्गठनहरूले तपाईंको व्यक्तिगत जानकारीलाई नूरा हेल्थको सञ्चालन र प्रभावमा सहयोग गर्न प्रयोग गर्न सक्छन्। यद्यपि, यी सङ्गठनहरूलाई यो जानकारी स्वतन्त्र रूपमा साझेदारी गर्ने कुनै अधिकार छैन।
विशेष परिस्थितिहरूमा खुलासा – हामीले अदालतको आदेश, कानूनी प्रक्रिया वा सरकारी नियमहरूको जवाफ दिन, वा हाम्रा कानूनी अधिकारहरू स्थापना गर्न वा प्रयोग गर्न वा कानूनी दावीहरूको विरुद्धमा रक्षा गर्न तपाईंको बारेमा जानकारी प्रदान गर्न सक्छौं। यस्ता परिस्थितिहरूमा, हामीले अनुरोधकर्ताले प्राप्त गर्न सक्ने व्यक्तिगत जानकारीको संवेदनशील प्रकृतिलाई बुझ्ने सुनिश्चित गर्न उपयुक्त उपायहरू लिनेछौं।
समग्र डाटा – नूरा हेल्थले आन्तरिक रिपोर्टिङका लागि समग्र प्रश्नहरू सङ्कलन गर्छ र आगन्तुकको गतिविधिलाई गणना, ट्र्याक, र समग्र रूपमा नूरा हेल्थको वेबसाइटमा सामान्य ट्राफिक-प्रवाहको विश्लेषणमा समेट्छ। यी उद्देश्यहरूका लागि, नूरा हेल्थले तपाईंको बारेमा जानकारीलाई समग्र समूह डाटामा मिलाउन सक्छ।केही अवस्थामा, नूरा हेल्थले व्यक्तिगत जानकारीबाट व्यक्तिगत पहिचानकर्ताहरू हटाउन सक्छ र यसलाई समग्र रूपमा राख्न सक्छ जुन पछि अन्य जानकारीसँग संयोजन गरेर अज्ञात, समग्र तथ्याङ्कीय जानकारी उत्पन्न गर्न सकिन्छ। यस्तो अज्ञात, समग्र डाटा नूरा हेल्थका सम्बद्ध संस्थाहरू, व्यापार साझेदारहरू, सेवा प्रदायकहरू र/वा विक्रेताहरूसँग समग्र आधारमा साझेदारी गर्न सकिन्छ; यदि यस्तो गरियो भने, नूरा हेल्थले तपाईंको व्यक्तिगत पहिचान खुलासा गर्ने छैन।
तपाईंको डाटाको सुरक्षा नूरा हेल्थको लागि धेरै महत्त्वपूर्ण छ। हामीले तपाईंको व्यक्तिगत जानकारीलाई संयोगवश हराउने, अनधिकृत रूपमा प्रयोग वा पहुँच हुने, परिवर्तन हुने वा खुलासा हुने कुरालाई रोक्न उपयुक्त सुरक्षा उपायहरू लागू गरेका छौं। यद्यपि, तपाईंले जान्नुपर्छ कि नूरा हेल्थ लगाएत कुनै पनि वेबसाइट सञ्चालक, व्यक्तिगत जानकारीसँग सम्बन्धित सुरक्षा जोखिमहरूलाई पूर्ण रूपमा हटाउन सक्दैन। नूरा हेल्थले प्रयोगकर्ताहरूको लागि सुरक्षित र विश्वसनीय वेबसाइट सिर्जना गर्न प्रयास गरेको छ, तर वेबसाइट मार्फत वा इमेल मार्फत पठाइएको/प्राप्त गरिएको कुनै पनि सञ्चार वा सामग्रीको गोपनीयताको ग्यारेन्टी गर्न सकिँदैन। यदि तपाईं सञ्चारहरूलाई सुरक्षित राख्न चाहनुहुन्छ भने, नूरा हेल्थलाई यो ठेगाना 2443 Fillmore St., #380-3203, San Francisco, California, 94115, USA मा सम्पर्क गर्नुहोस्।
१३ वर्ष मुनिका – नूरा हेल्थले अन्तरक्रियात्मक अनलाइन संसारमा बालबालिकाको गोपनीयता संरक्षणको महत्त्व बुझ्छ। १९९८ को बालबालिकाको अनलाइन गोपनीयता संरक्षण ऐन (“COPPA”) को अनुरूप, वेबसाइट १३ वर्ष मुनिका बालबालिकाहरूको लागि डिजाइन गरिएको वा लक्षित गरिएको छैन। हाम्रो नीति १३ वर्ष मुनिका कसैको बारेमा जानाजानी जानकारी सङ्कलन वा राख्ने होइन। १३ वर्ष मुनिकाले नूरा हेल्थको वेबसाइटमा कुनै पनि व्यक्तिगत जानकारी पेश गर्नुहुँदैन। यदि हामीलाई थाहा भयो कि १३ वर्ष मुनिको बालबालिकाले हामीलाई सहमति बिना यस्तो जानकारी प्रदान गरेको छ भने, हामी त्यस्तो जानकारी हाम्रा फाइलहरूबाट हटाउन सक्दो प्रयास गर्नेछौं। १३ वर्ष मुनिको बालबालिकाले हामीलाई यस्तो जानकारी प्रदान गरेको छ भन्ने कुरा यदि अभिभावक वा संरक्षकलाई थाहा भयो भने, उहाहरुले हामीलाई इमेल मार्फत info@noorahealth.org मा वा यस ठेगाना मार्फत Noora Health, 2443 Fillmore Street, #380-3203, San Francisco, California, 94115, USA सम्पर्क गर्नुपर्छ।
१८ वर्ष मुनिका – १८ वर्ष मुनिका नाबालिगहरूले नूरा हेल्थलाई वेबसाइट मार्फत प्रदान गरेको व्यक्तिगत जानकारीलाई info@noorahealth.org मा इमेल पठाएर हटाउन अनुरोध गर्न सक्छन्। कृपया ध्यान दिनुहोस् कि, हामी यस्ता अनुरोधहरू पालना गर्न उचित प्रयासहरू गर्छौं, तर तपाईंको व्यक्तिगत जानकारीको हटाउने कार्य सबै प्रणालीहरूबाट त्यो डाटाको पूर्णरुपमा हटेको कुरा सुनिश्चित गर्दैन।
यदि तपाईं हाम्रोबाट इमेलहरू वा अन्य सञ्चारहरू प्राप्त गर्न बन्द गर्न चाहनुहुन्छ, वा यदि तपाईंले हाम्रो वेबसाइट मार्फत व्यक्तिगत जानकारी पेश गर्नुभएको छ र त्यो जानकारी हाम्रा रेकर्डहरूबाट हटाउन चाहनुहुन्छ भने, कृपया हामीलाई info@noorahealth.org मा वा Noora Health, 2443 Fillmore St., #380-3203, San Francisco, California, 94115, USA मा सूचित गर्नुहोस्। कृपया ध्यान दिनुहोस् कि हामीले हाम्रा दायित्वहरू पूरा गर्न आवश्यक जानकारी, कानून वा नियमले राख्नुपर्ने जानकारी, वा हटाउन असम्भव भएको जानकारी हटाउने वा संशोधन गर्ने अधिकार राख्छौं।
हाम्रा आगन्तुकहरूको सुविधाको लागि, यो वेबसाइटमा अन्य वेबसाइटहरूमा लिङ्कहरू हुन सक्छन्। हामीले यहाँ उल्लेख गरेको गोपनीयताका नीति, तेस्ता साइटहरूमा पोस्ट गरिएका सर्तहरूमा लागू हुनेछैनन्। तपाईंको अन्य वेबसाइटहरूमा लिङ्क गर्ने जोखिम तपाईंको आफ्नै हो, नूरा हेल्थ तेस्रो पक्ष वेबसाइटहरू मार्फत सङ्कलन गरिएको कुनै पनि जानकारीको लागि जिम्मेवार छैन, र तपाईंनै ती वेबसाइटहरूमा पोस्ट गरिएका प्रयोगका सर्तहरू र अन्य सर्तहरूको बारेमा जान्न र पालना गर्न जिम्मेवार हुनुहुन्छ।
नूरा हेल्थ तेस्रो पक्ष वेबसाइटहरूमा प्रदान गरिएको कुनै पनि सामग्रीको लागि जिम्मेवार छैन, र त्यस्ता सामग्री वा शुद्धताको बारेमा कुनै प्रतिनिधित्व गर्दैन। तेस्रो पक्ष साइटहरूमा समावेश सबै जानकारी, उत्पादनहरू, विज्ञापनहरू, र अन्य सामग्रीहरू नूरा हेल्थद्वारा स्वीकृत वा समर्थन गरिएको छैन, र नूरा हेल्थ यस्ता जानकारी, उत्पादनहरू, विज्ञापनहरू र अन्य सामग्रीहरूको लागि जिम्मेवार छैन।
यो गोपनीयता नीति समय-समयमा संशोधन गर्न सकिन्छ किनकि हामीले नयाँ सुविधाहरू र सेवाहरू थप्छौं, कानूनहरू परिवर्तन हुन्छन्, र उद्योग गोपनीयता र सुरक्षा उत्कृष्ट अभ्यासहरू विकसित हुन्छन्। परिवर्तन भएको कुरा थाहा पाउन सजिलो होस् भनेर हामी नया गोपनीयता नीतिको प्रभावी मिति प्रदर्शन गर्छौं । यदि हामीले व्यक्तिगत जानकारीको प्रयोग वा खुलासासँग सम्बन्धित यो गोपनीयता नीतिमा कुनै परिवर्तन गरेमा, हामी वेबसाइटमा अग्रिम सूचना प्रदान गर्नेछौं। स-साना परिवर्तनहरू वा व्यक्तिगत गोपनीयता हितहरूलाई उल्लेखनीय रूपमा प्रभावित नगर्ने परिवर्तनहरू कुनै पनि समय र अग्रिम सूचना बिना गर्न सकिन्छ।
यदि तपाईंसँग यो गोपनीयता नीति, यो वेबसाइटको अभ्यासहरू, वा यो वेबसाइटसँग तपाईंको व्यवहारको बारेमा कुनै प्रश्नहरू छन् भने, कृपया info@noorahealth.org मा सम्पर्क गर्नुहोस्, वा हामीलाई Noora Health, 2443 Fillmore Street, #380-3203, San Francisco, California, 94115, USA मा लेख्नुहोस्।